३ जेठ, २०८१ बिहिबार

02:31:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल बैंकको डबल धमाका मुद्दती खाता थप आकर्षक, पैसा दोब्बर हुन लाग्ने समय अवधि घट्यो

३ असोज, २०७९

नेपाल बैंकको डबल धमाका मुद्दती खाता थप आकर्षक, पैसा दोब्बर हुन लाग्ने समय अवधि घट्यो

काठमाडौं । नेपाल बैंकले हालै मात्र संंचालनमा ल्याएको  डबल धमाका मुद्दती खाताहरुमा ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी ती खाताहरुलाई थप आकर्षित बनाएको छ ।

अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र ५ वर्ष  ९ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले जनाएको छ ।

त्यसैगरी यो योजनामा बैंकले रु ५ लाख सम्मको क्रेडिट कार्ड सुबिधा पनि उपलब्ध गराउने छ ।  संघ संस्थाहरुको लागि बैंकले नेपाल बैंक डबल धमाका मुद्दती खाता संस्थागत संचालनमा ल्याएको छ । यसमा जम्मा गरेको रकम ७ वर्ष २ महिनामा नै दोब्बर हुनेछ । यसमा संस्थाहरुले रु १ लाख भन्दा माथिको रकमको रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।

त्यस्तै बैंकले बिदेशमा कार्यरत नेपालीहरुको लागि नेपाल बैंक डबल धमाका मुद्दती खाता रेमिट्यान्स संचालनमा ल्याएको छ । बैंकका अनुसार अबदेखि यो खातामा बिदेशबाट प्राप्त रेमिट्यान्सको रकम जम्मा गर्दा मात्र ५ वर्ष ५ महिना नै सो रकम दोब्बर हुनेछ । यसमा न्यूनतम रु २५ हजार भन्दा माथिको रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ।  यी डबल धमाका मुद्दती खाताहरु सिमित अवधिको लागि मात्र संचालनमा ल्याइएको बैंकले प्रष्ट पारेको छ ।