६ जेठ, २०८१ आइतबार

02:59:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनआईसी एशिया बैंकको ‘दशैं-तिहार महोत्सव’: यी मर्चेन्टमा सामान खरिद गर्दा पाइन्छ क्यासब्याक

२ असोज, २०७९

एनआईसी एशिया बैंकको ‘दशैं-तिहार महोत्सव’: यी मर्चेन्टमा सामान खरिद गर्दा पाइन्छ क्यासब्याक

काठमाडौं । एनआईसी एशिया बैंकले दशैं, तिहार, छठ पर्वको अवसरमा ग्राहकहरुलाई ‘दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ । बैंकको उक्त योजनामा ग्राहकहरुले भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट लगायत दर्जनौ मर्चेन्टमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त गर्न सक्ने भएका छन् ।

असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीओएस भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत तथा ५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस्तै, सोही अवधिभर सेल्सबेरी, बिगमार्ट एवं साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी पीओएस तथा मोबाइल बैंकिङ्ग मार्फत् भुक्तानी गर्दा १० प्रतिशत तथा ३ सय रुपैयाँसम्म छुट तथा क्यासब्याक पाउन सकिन्छ ।

यस्तै, बैंकमा खाता नभएकाले नेपालभर रहेका भाटभटेनी सुपरमार्केटहरू तथा सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने स्टलमार्फत खाता खोली डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा सुचारु गर्न सक्नेछन् ।