६ जेठ, २०८१ आइतबार

03:16:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यी दुई लघुवित्तबीच मर्जर सम्झौता

२ असोज, २०७९

यी दुई लघुवित्तबीच मर्जर सम्झौता

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेड र आरएमडिसी लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने भएको छ । यी दुई संस्थाबीच एकआपसमा गाभिने उद्देश्यले गत शुक्रबार समझदारी भएको हो ।
   
सम्झौतामा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष खेमबहादुर पाठक र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष सुजाता जोशीले हस्ताक्षर गर्नुभएको छ।  १००ः८७ को स्वापमा २ संस्था मर्ज हुने प्रारम्भिक समझदारी भएको छ । अर्थात् आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्।

मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमीटेड कायम हुने भएको छ। दुबै संस्थाका संस्थापक समूहबाट २र२ जना, सर्वसाधारण समूहबाट १/१ जना र विशेषज्ञ सञ्चालक, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरे बमोजिम १ जना नियुक्ति गर्ने सहमति समेत भएको छ ।