६ जेठ, २०८१ आइतबार

12:40:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आजदेखि वाणिज्य बैंकहरुबाट नयाँ नोट साट्न पाइने

२ असोज, २०७९

आजदेखि वाणिज्य बैंकहरुबाट नयाँ नोट साट्न पाइने

काठमाडौं । नजिकिदै गरेको दसैँका लागि सर्वसाधारणले आज (असोज २ गते आइतबार) देखि वाणिज्य बैंकहरुबाट नयाँ नोट साट्न पाउनेछन्। नेपाल राष्ट्र बैंकबाट यसअघि नै नयाँ नोट सटहीको सुविधा सुरु भइसकेको छ।

केन्द्रीय बैंकले नजिकिदै गरेको दसैँलाई लक्षित गरी सबै वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको छ। आजदेखि वाणिज्य बैंकहरुले काठमाडौं उपत्यकाभित्रका तोकिएका शाखा कार्यालयहरुमार्फत नयाँ नोट सटहीको व्यवस्था गर्ने छन् ।

सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरको प्रतिव्यक्ति बढीमा एक–एक बन्डलका दरले जम्मा १८ हजार ५०० रुपैयाँसम्म सटही गर्न सक्नेछन् ।