६ जेठ, २०८१ आइतबार

04:37:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६ महिनामा १० खर्बको आयात, ७.५ महिनाको लागिमात्रै आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति

९ माघ, २०७८

 ६ महिनामा १० खर्बको आयात, ७.५ महिनाको लागिमात्रै आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति

काठमाण्डौं
चालु आर्थिक वर्षमा विदेशी वस्तु तथा सामाग्री आयातको गति रोकिन सकेको छैन। चालु वर्षको ६ महिना पुस मसान्तसम्म करिब १० खर्बको आयात भैसकेको छ। 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा आयात गत वर्षभन्दा ५१.१३ प्रतिशतले बढेको छ। यसैगरी निर्यात १ खर्ब १८ अर्ब पुगेको छ। जुन गतवर्षको सोहि अवधिको तुलनामा ९५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ६ महिनामा ६० अर्ब ६९ करोडको मात्रै निर्यात भएको थियो। 

आयात बढ्दै जादा विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार हाल ७.५ महिनाको लागिमात्रै आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति छ। प्रायश सामान्य अवस्थामा पनि १ वर्षभन्दा धेरैलाई पुग्ने विदेशी मुद्रा सञ्चिति हुने गर्दथ्यो।