६ जेठ, २०८१ आइतबार

04:37:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पर्यटन क्षेत्रले कति पायो पुनर्कर्जा ?

Nepal Business

८ माघ, २०७८

पर्यटन क्षेत्रले कति पायो पुनर्कर्जा ?

काठमाण्डौं
नेपाल राष्ट्र बैंकले लामो समयसम्म कोरोनाबाट थलिएका पर्यटन व्यवसायीलाई व्यवसाय उत्थानका लागि पूनर्कर्जा प्रदान गरेको छ । बैंकले पुस मसान्तसम्म दिएको कुल १३ अर्ब ६१ करोड ५१ लाख पूनर्कर्जामध्ये पर्यटन क्षेत्रले सबैभन्दा बढि ४९.८९ प्रतिशत प्राप्त गरेको छ । 
पर्यटन क्षेत्र कोरोना महामारीबाट बढि प्रभावित बनेको क्षेत्रभएकोले राष्ट्र बैंकले यसलाई कूल पूनर्कर्जाको करिब ५० प्रतिशत सुविधा प्रदान गरेको हो । यस क्षेत्रले ६७९.२२ करोड रुपैयाँ पूनर्कर्जा प्राप्त गरेको छ । 
सरकारले पर्यटन क्षेत्रमा आर्थिक कृयाकलाप चलायमान राख्न र पलायन भएका पर्यटन व्यवसायीलाई व्यवसायमा पून फर्किउन भन्ने उदेश्यले यो सुविधा दिएको देखिन्छ । पूनर्कर्जा सुविधाले व्यवसायीलाई व्यवसायमा थप राहत पुग्ने राष्ट्र बैंकले जनाएको छ ।