७ जेठ, २०८१ सोमबार

03:00:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषि क्षेत्रको विकासमा कृषि विकास बैङ्कको भूमिका अग्रणीः अर्थमन्त्री

८ माघ, २०७८

कृषि क्षेत्रको विकासमा कृषि विकास बैङ्कको भूमिका अग्रणीः अर्थमन्त्री

काठमाण्डौं
कृषि विकास बैङ्कको ५५औँ वर्ष प्रवेशको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई व्यवसायीकरण र उत्पादनमुखी बनाउने कार्यमा बैङ्कहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

अर्थमन्त्री शर्माले कृषि विकास बैङ्कले स्थापना कालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभई कृषिलाई पहिलो प्राथमिकता दिई कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।

यसै कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले किसानको सुविधाका लागि किसान क्रेडिट कार्डको व्यवस्था गरेको र आगामी दिनमा वाणिज्य बैङ्किङलगायत कृषि र किसानको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । 

कार्यक्रममा बैङ्कले करिब १५ लाख निक्षेपकर्ताको १खर्ब ५८ अर्ब रुपियाँ निक्षेप सङ्कलन, १ लाख ५६ हजार ऋणीलाई करिब १ खर्ब ७५ अर्ब रुपियाँ कर्जा प्रवाह गरेको प्रमुख कार्यकारी अधिकृतले जानकारी दिनुभयो । बैङ्कले करिब ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गरेको उहाँले प्रटष्ट्याउनु भयो ।