८ मंसिर, २०८१ शनिबार

10:58:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अपरेशन हनी : यसरी गरियो ६ क्वीन्टल खान अयोग्य मह, ६० क्वीन्टल कच्चापदार्थ बरामद

७ माघ, २०७८

अपरेशन हनी : यसरी गरियो ६ क्वीन्टल खान अयोग्य मह, ६० क्वीन्टल कच्चापदार्थ बरामद

काठमाडौं, ७ माघ ।  काठमाडौँ भ्यालीमा नै अवैध तरिकाले उद्योग सञ्चालन गरी गुणस्तरहिन मह बनाएर विक्री गर्ने गरिएको फेला परेको छ ।

गुणस्तरहीन मह उत्पादन गरी बिक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका २७ ज्याठा बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका ६ का ३८ वर्षीय नरेश भन्ने नरबहादुर श्रेष्ठ पक्राउ परेका छन् । उनले नतिजा प्याकेजिङ उद्योग नै सञ्चालन गरेर खान अयोग्य मह बनाएर बेच्दै गरेको फेला परेको छ । 

उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाइरहेको अवस्थामा पक्राउ गरेको हो । 

उद्योगबाट गुणस्तरतहीन तयारी मह ६ सय किलो, मह बनाउन प्रयोग गरिने महसहितको कच्चा पदार्थ ६ हजार ५ सय किलो, ग्लुकोज ५ सय किलो, चिनी १ सय किलो, तौल मेसिन, लेभल मेसिन, सिल मेसिन, पेट्राइज मेसिन, स्टोरेज मेसिन, स्पर्स हनीका लेभलहरु र १ हजार पिस  जार बरामद

उनको उद्योगबाट गुणस्तरतहीन तयारी मह ६ सय किलो, मह बनाउन प्रयोग गरिने महसहितको कच्चा पदार्थ ६ हजार ५ सय किलो, ग्लुकोज ५ सय किलो, चिनी १ सय किलो, तौल मेसिन, लेभल मेसिन, सिल मेसिन, पेट्राइज मेसिन, स्टोरेज मेसिन, स्पर्स हनीका लेभलहरु र १ हजार पिस  जार बरामद गरिएको छ ।
श्रेष्ठले बिगत ७ वर्ष अगाडिदेखि आफ्नै श्रीमतीको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाई बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।  नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने, गुणस्तरहिन मह काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेका थिए । 

श्रेष्ठले बिगत ७ वर्ष अगाडिदेखि आफ्नै श्रीमतीको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाई बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ

 मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहीन मह बनाई प्रतिकेजी ६ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको महाशाखाले जनाएको छ ।

 

साथै उक्त स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाडौंमा परीक्षण गर्दा एचएमएफ र एफजी रेसियोको मात्र नेपाल सरकारको लागि तोकिएको अनिवार्य गुणस्तर अनुरुप नरहको र मह खान योग्य नरहेको भन्ने खुलेको छ । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महाशाखाले जनाएको छ । 

बाँकी तस्वीरमा