७ जेठ, २०८१ सोमबार

03:07:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैङ्कबाट पुस मसान्तसम्म साढे १३ अर्ब थपकर्जा

Nepal Business

७ माघ, २०७८

राष्ट्र बैङ्कबाट पुस मसान्तसम्म साढे १३ अर्ब थपकर्जा

काठमाण्डौं
राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १३ अर्ब ६१ करोड ५१ लाख रुपैयाँ पूनर्कर्जा स्वीकृत गरेको छ । जसमध्ये पर्यटन क्षेत्रले झन्डै आधा वा ४९.८९ प्रतिशत रकम पाएको छ भने बाँकी अन्य क्षेत्रले पाएका छन् । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा  विभिन्न क्षेत्रअन्तर्गत पूर्नकर्जाको रकम छुट्याइएको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख गरिएको छ । 
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रले सर्वाधिक पुनर्कर्जा प्राप्त गरेको छ । यस क्षेत्रका लागि ६७९.२२ करोड रुपियाँ पुनर्कर्जा रकम स्वीकृत भएको हो । यसैगरी दोस्रोमा जलविद्युत् क्षेत्र रहेको छ जसमा २३.८० प्रतिशत वा ३२४.०५ करोड पुनर्कर्जा रकम स्वीकृत भएको छ । उत्पादनमूलक क्षेत्रका लागि ८.८४ प्रतिशत, शिक्षा क्षेत्रका लागि ६.२८ प्रतिशत, अस्पताल क्षेत्रका लागि ५.०५ प्रतिशत, निर्माण क्षेत्रका लागि २.४८ प्रतिशत, खाद्य उत्पादनका लागि १.४७ प्रतिशत, यातायातका लागि १.१२ प्रतिशत, व्यापारका लागि ०.६८ प्रतिशत र कपडाका लागि ०.४० प्रतिशत पुनर्कर्जा रकम स्वीकृत भएको छ ।

उत्पादनमूलक क्षेत्रका लागि १२०.२९ करोड, शिक्षा क्षेत्रका लागि ८५.४९ करोड, अस्पताल क्षेत्रका लागि ६८.७० करोड, निर्माण क्षेत्रका लागि ३३.७५ करोड, खाद्य उत्पादनका लागि २०.०० करोड, यातायातका लागि १५.२२ करोड, व्यापारका लागि ९.३२ करोड र कपडाका लागि ५.४७ करोड रुपियाँ पुनर्कर्जा रकम स्वीकृत भएको राष्ट्र बैङ्कले जनाएको छ । 
प्रदेशगत आधारमा हेर्दा बागमती प्रदेशमा सर्वाधिक ५२.१५ प्रतिशत पुनर्कर्जा रकम स्वीकृत भएको छ भने गण्डकीमा १८.२४ प्रतिशत, लुम्बिनीमा १३.०४ प्रतिशत, प्रदेश १ मा १२.२२ प्रतिशत, मधेस प्रदेशमा ३.६२ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ०.७२ प्रतिशत रकम स्वीकृत भएको छ ।