२० बैशाख, २०८१ बिहिबार

06:49:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनसेलले ल्यायो दुई विशेष अफर

Nepal Business

१ असोज, २०७९

एनसेलले ल्यायो दुई विशेष अफर

काठमाण्डौं । एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा आइतबार (असोज २) बाट लागु हुने गरि नयाँ दुई विशेष अफर संचालन  ल्याएको छ । यो अफर अन्तर्गत आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।

यी प्याकहरु असोज २ गतेदेखि ४ गतेसम्म मात्र संचालनमा रहनेछन् । एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक कर सहित ५९ खरिद गर्न सक्छन् । 

यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउँछन् । एनसेल बाहेक अन्य सेवा प्रदायकका नम्बरहरुमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र रु ९५ मा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्छन् ।

यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिनको हुन्छ ।