६ जेठ, २०८१ आइतबार

02:44:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यी बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर

Nepal Business

१ असोज, २०७९

यी बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर

काठमाण्डौं । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले असोज महिनाहरुका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । 

कुन बैंकले कति ? 

राष्ट्रिय वाणिज्य बैंक 

राष्ट्रिय वाणिज्य बैंकले असोजका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकका अनुसार यस महिनामा असोज १ गते, शनिबारदेखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ ।

मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको बैंकले जनाएको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.१३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १३.१३ प्रतिशत व्याज दिने छ । नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ७.८६ प्रतिशत रहेको छ ।

नबिल बैंक 

नबिल बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि (असोज १ गते, शनिबार) देखि लागु हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
कैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ ।

मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको बैंकले जनाएको छ । बैंकले रेमिटान्स मुद्धती निक्षेपमा १३.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

एनएमबि बैंक 

एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ ।

बैंकका अनुसार बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बचतमा जिरो ब्यालेन्स देखि निश्चित रकम राखेर खाता खोल्न सकिने बैंकले जनाएको छ । बैैंकबाट ऋण लिँदा आधारदरमा ६ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ९.९७ प्रतिशत रहेको छ ।

हिमालयन बैंक 

हिमालयन बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकका अनुसार नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा १०.०३ देखि १२.१३ प्रतिशतसम्म ब्याज पाइने छ । त्यसका लागि भने विभिन्न शर्तहरु रहेका छन् । 

संस्थागत तर्फ भने १०.६३ प्रतिशत रहेको छ । बचत तर्फ ७.३ देखि ९.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बचतमा जिरो ब्यालेन्सदेखि निश्चित रहम राखेर खाता खोल्न सकिने बैंकले जनाएको छ । हाल बैैंकको आधारदर ९.८८ प्रतिशत रहेको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले  नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । बैंकमा तीन महिनदेखि १ वर्ष वा सो भन्दा बढी अवधिमा लागि निक्षेपमा पैसा राख्दा १२।१३ प्रतिशत ब्याज पाइने छ।

संस्थागत तर्फ भने १०.१३ प्रतिशत रहेको छ । विप्रेषण मुद्दती निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज पाइनेछ । बचत तर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

सनराइज बैंक

सनराइज बैंकको रेमिट्यान्स मुद्वती खातामा १४.१३ प्रतिशत ब्याज दिने भएको छ । यसका साथै ब्यतिगत मुद्वतीमा १२.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । 

त्यस्तै, बैंकले रेमिट्यान्स बचत खातामा १०.१३ प्रतिशत, साधारण बचतमा ७.१३ प्रतिशत र सम्र्पुण बचत नामक खातामा ९.१३ प्रतिशत ब्याज दिने जनाएको छ । यो ब्याजदर आश्विन १ गतेबाट लागु हुनेछ । साथै बैकले ५, १० र १५ गुणाको प्रतिफल दिने आर्कषक योजना पनि कायमै राखेको छ ।

नेपाल बैंक लिमिटेड

नेपाल बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि (असोज १ गते, शनिबार) देखि लागु हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ ।

मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको बैंकले जनाएको छ ।  बैंकले रेमिटान्स मुद्धती निक्षेपमा १३.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ।

प्राइम बैंक

प्राइम बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैैंकबाट ऋण लिँदा आधारदरमा ६.९९ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १६.९८ प्रतिशतसम्म ब्याज लाग्ने छ ।बैंकबाट ५ देखि २० वर्षका लागि होम लोन लिँदा १४.१५ प्रतिशत ब्याज लाग्ने छ । यस्तै हायर पर्चेज लोन, मोटरेज लोन, अन्य पर्सनल लोन १ वर्ष भन्दा बढी अवधिका लागि ऋण लिँदा १४ देखि १५ प्रतिशत ब्याज लाग्ने छ ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर कायम गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ । यसका लागि निक्षेपकर्ताले न्यूनतम १० हजारको खाता खोल्नुपर्ने छ ।

यस्तै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । हाल बैंकको आधारदर १०.४० प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर जोडिने छ । बैंकबाट कर्जा लिँदा १७.४० प्रतिशतसम्म ब्याज लाग्ने छ ।

स्ट्यान्डर्ड चार्टड बैंक लिमिटेड

स्ट्यान्डर्ड चार्टड बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि (असोज १ गते, शनिबार) देखि लागु हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशतसम्म ब्याज दिनेछ ।

मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १२.१३ प्रतिशतसम्म तोकिएको बैंकले जनाएको छ ।

ज्योति विकास बैंक लिमिटेड

ज्योति विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असोज १ गते, शनिबार) बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याज दिनेछ ।

मुद्दति निक्षेपको ब्याज न्यूनतम ११ प्रतिशत देखि अधिकतम १३ प्रतिशतसम्म तोकिएको बैंकले जनाएको  छ । बैंकले रेमिट्यान्स बचत खातामा ९ प्रतिशत ब्याज दिने छ ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले असोज महिनाका सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपकर्ताले १२.१३ प्रतिशत ब्याज पाउने भएका छन् । संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज रहेको छ । विप्रेषण मुद्दती निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ । बचततर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

साउन मसान्तसम्मको आधार दर १०.०४ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ६.५० प्रतिशत प्रिमियर थपिने छ । बैंकबाट कर्जा लिँदा अधिकतम १६.५४ प्रतिशत ब्याज लाग्ने छ ।

प्रभु बैंक

प्रभु बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा पैसा राख्दा १५.१३ प्रतिशतसम्म ब्याज पाइने छ । नयाँ ब्याजदरमा तीन महिना वा सो भन्दा बढीका लागि ‘प्रभु उन्नती मुद्दती निक्षेपमा १५.१३ प्रतिशत ब्याज पाइने छ ।

यस्तै नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइनेछ । संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम जोडिने छ । यो भोली असोज १ गतेदेखि लागू हुनेछ । 

मुक्तिनाथ विकास बैंक लिमिटेड

मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि (असोज १ गते, शनिबार) देखि लागु हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याज दिनेछ । मुद्दति निक्षेपको ब्याज न्यूनतम ११ प्रतिशत देखि अधिकतम १३ प्रतिशतसम्म तोकिएको बैंकले जनाएको छ ।

बैंकको आधार दर ११.३९ प्रतिशत रहेको छ । बैंकले कर्जामा अधिकतम १७ प्रतिशत ब्याज लिने जनाएको छ । बैंकले रेमिट्यान्स बचत खातामा ९ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १४ प्रतिशत ब्याज दिने जनाएको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२।१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले संस्थागत मुद्दतीमा १०।१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७।१३ देखि ८।१५ प्रतिशत ब्याज दिने भएको जनाएको छ ।

बैंकबाट कर्जा लिँदा आधारदरमा ५ प्रतिशत प्रिमियम थपिने छ । पछिल्लो समय बैंकको आधारदर ८।९० प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १३।९० प्रतिशत ब्याज लिने छ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने विप्रेषण निक्षेपमा १३.१३ प्रतिशत ब्याज दिने भएको छ । संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७।१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

साउन मसान्तसम्म बैंकको आधारदर १०.०४ प्रतिशत रहेको छ । बैंकले कर्जा दिँदा आधारदरमा ८ प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १८.०४ प्रतिशत ब्याज लाग्ने छ ।

एनसीसी बैंक

एनसीसी बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने छ । यता एनसीसी रेमिट सिल्भर फिक्स डिपोजिट एकाउन्टमा भने १५ प्रतिशत ब्याज दिने छ ।

संस्थागततर्फ भने १०.१३ प्रतिशत ब्याज रहेको छ । बैंकले बचतमा ७।१३ देखि १०.१३ प्रतिशत ब्याज दिने जनाएको छ । साउनमा बैंकको आधारदर १०।१७ प्रतिशत रहेको छ । बैंकको कर्जा लिँदा आधारदरमा ७ प्रतिशकत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १७।१७ प्रतिशत ब्याज लाग्ने छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । संस्थागततर्फ १०.१३ र रेमिट्यान्स मुद्दती निक्षेपमा १०.१३ प्रतिशत ब्याज पाइने छ । 

यस्तै बचतमा ७.१३ प्रतिशत देखि ८।१३ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम थपिने छ । साउनमा बैंकको आधारदर १० प्रतिशत रहेको छ । कर्जा लिँदा १६ प्रतिशसम्म ब्याज लाग्ने छ ।

मेगा बैंक

मेगा बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा १२।१३ प्रतिशत ब्याज दिने भएको छ । रेमिट्यान्स खातामा १३.१३ प्रतिशत र संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०।१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर १०.१९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १७.१९ प्रतिशतसम्म ब्याज लाग्ने छ ।