६ जेठ, २०८१ आइतबार

02:59:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंकको निक्षेप संकलन ४४ खर्ब ७० अर्ब पुग्यो

Nepal Business

१ असोज, २०७९

बैंकको निक्षेप संकलन ४४ खर्ब ७० अर्ब पुग्यो

काठमाडौं । भदौ महिनाको पछिल्ला तीन सातामा बैंकहरुको निक्षेप संकलन बढेको छ । भदौ १० गतेसम्ममा ४४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकहरुमा भदौ ३० गतेसम्मको अवधिमा आइपुग्दा यो रकम बढेर ४४ खर्ब ७० अर्ब पुगेको हो ।

नेपाल बैंकर्स संघले जारी गरेको विवरण अनुसार भदौ १० गतेपछि मात्रै निक्षेप संकलन ४४ अर्ब रुपैयाँले बढेको हो । 

चालू आर्थिक वर्षको पहिलो महिनामा लगातार घटेको निक्षेप संकलन भदौ पहिलो सातासम्म पनि आरोलो नै लागेको थियो । भदौको दोस्रो साताबाट भने बैंकहरुको निक्षेप संकलन बढ्न थालेको हो । 

पछिल्लो ससम बैंकहरुमा निक्षेप संकलन बढ्न गाले पनि कर्जा लगानी भने खासै बढेको छैन । भदौ १० गतेसम्ममा ४१ खर्ब ८० अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले भदौ ३० गतेसम्ममा ४१ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा दिएका छन् ।