२० बैशाख, २०८१ बिहिबार

08:57:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमाल डेन्टलमा आइएमई पेबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट

Nepal Business

३१ भदौ, २०७९

हिमाल डेन्टलमा आइएमई पेबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट

काठमाण्डौं । आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल होस्पिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पेका प्रयोगकर्ताहरुले हिमाल डेन्टल होस्पिटलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट पाउनेछन् । 

हालको लागि यो सम्झौता १ वर्षको लागि लागु हुने कम्पनीले बताएको छ ।  यस्तै आइएमई पेका प्रयोगकर्ताहरुले आइएमई पेको ४६ दिने ‘डिजिटल दशैँ तिहार २०७९’ क्याम्पेन भरी आइएमई पेमा कुनै पनि कारोवार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।