६ जेठ, २०८१ आइतबार

03:32:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुक्तिनाथ विकास बैंकले सार्वजनिक गर्यो ब्याजदर

३१ भदौ, २०७९

मुक्तिनाथ विकास बैंकले सार्वजनिक गर्यो ब्याजदर

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि (असोज १ गते, शनिबार) देखि लागु हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याज दिनेछ । मुद्दति निक्षेपको ब्याज न्यूनतम ११ प्रतिशत देखि अधिकतम १३ प्रतिशतसम्म तोकिएको बैंकले जनाएको छ ।

बैंकको आधार दर ११.३९ प्रतिशत रहेको छ । बैंकले कर्जामा अधिकतम १७ प्रतिशत ब्याज लिने जनाएको छ । बैंकले रेमिट्यान्स बचत खातामा ९ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १४ प्रतिशत ब्याज दिने जनाएको छ ।