२० बैशाख, २०८१ बिहिबार

12:57:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बससेवाले सुरु गर्यो दसैँका लागि अनलाइन टिकट बुकिङ, मोबाइलबाटै सबै ठाउँको टिकट काट्न सकिने

३१ भदौ, २०७९

 बससेवाले सुरु गर्यो दसैँका लागि अनलाइन टिकट बुकिङ, मोबाइलबाटै सबै ठाउँको टिकट काट्न सकिने

काठमाडौं । नेपालमा अनलाइनमार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि अग्रिम टिकट बुकिङ सुरु गरेको छ। यात्रुले नेपालका कुनै पनि गन्तव्यका टिकट आफ्नो मोबाइलमार्फत सहजै काट्न सकिनेछ। बुकिङ खुला भएसँगै यात्रुले सहजै अनलाइनबाट दसैँको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्। यसका साथै दसैँमा गएका यात्रुले फर्किनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन्।

बससेवाबाट नेपालका अधिकांश रुटहरुका टिकट काट्न सकिन्छ। यात्रुले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेसनबाट टिकट बुकिङ गर्न सक्नेछन्। यात्रुले असोज १ गतेदेखि मोबाइलदेखि नै आफ्नो गन्तव्यको टिकट काट्न सक्नेछन्।  

अनलाइन टिकट सुविधाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले भन्नुभयो, ‘हामीले विगतदेखि नै यात्रुहरुलाई सहज होस् भनेर अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाउँदै आएका थियौँ, यसपटक हाम्रो सिस्टममा पर्याप्त टिकटको व्यवस्था भएकाले घरबाटै टिकट बुकिङ गरी सहज रुपमा यात्रा गर्नुहुन अनुरोध गर्दछौँ।’

अनलाइनबाट टिकट काट्न इसेवा अकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा अकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सक्नेछन्। मुलुकभर रहेका इसेवाका १ लाख ५० हजारभन्दा बढी एजेन्ट नेटवर्कबाट समेत टिकट काट्न सकिनेछ। यसका साथै खल्ती, आइएमईपेका एजेन्ट नेटवर्कंका साथै हरेक बैंकका मोबाइल बैंकिङमार्फत समेत टिकट काट्न सकिनेछ।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट बिक्री गर्ने माध्यम हो। बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन्।