६ जेठ, २०८१ आइतबार

03:32:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

११ अर्ब ८३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

३१ भदौ, २०७९

११ अर्ब ८३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो ।

केन्द्रीय बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो  ट्रेजरी बिल कात्तिक १ गते परिपक्व हुने छ । त्यस्तै ९१ दिनका लागि राष्ट्र बैंकले ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी बिल पुस ५ गते परिपक्व हुने छ ।  

राष्ट्र बैंकले १८२ दिनको लागि ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल चैत ७ गते परिपक्व हुनेछ ।  

यी ट्रेजरी बिल असोज २ गते आइतबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।