२१ बैशाख, २०८१ शुक्रबार

10:36:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्रिल तथा स्टिल व्यवसायीहरुद्वारा ४४ हजार बराबरको औजार सहयोग

Nepal Business

३१ भदौ, २०७९

ग्रिल तथा स्टिल व्यवसायीहरुद्वारा ४४ हजार बराबरको औजार सहयोग

काठमाण्डौं । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाण्डौंले अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समिति गुहेश्वरी काठमाण्डौंलाई सहयोग गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी समितिलाई आवश्यक सफाई औजार तथा बिरुवा सुरक्षा जाली सहयोग गरेको हो । 

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंकोतर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अधिकार सम्पन्न बागमती एकीकृत विकास समिति गुहेश्वरी काठमाण्डौंका अध्यक्ष उद्धबप्रसाद तिमिल्सिनालाई ती जाली तथा उपकरणहरु हस्तान्तरण गर्नुभएको हो । 

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाण्डौंका अध्यक्ष यज्ञदास श्रेष्ठले सात लाख ४४ हजार पाँंच सय बराबरको सफाई औजार तथा उपकरणहरु प्रदान गरेको जानकारी दिनुभयो । 

कार्यक्रममा उपमेयर डंगोल, ग्रिल तथा स्टिल व्यवसायी संघका केन्द्रिय अध्यक्ष मोहन कटुवाल, बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय गुहेश्वरी काठमाण्डौका अध्यक्ष तिमिल्सिनालगायतले बागमतीलाई जोगाउनुपर्ने आवश्यकता माथि जोड दिनुभयो । 

कार्यक्रममा उपमेयर डंगालले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी काठमाण्डौको कार्यालय परिसरमा वृृक्षारोपण पनि गर्नुभएको हो । कार्यक्रममा सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो । साथै प्रमुख अतिथि लगायतलाई पनि मायाको चिनो दिइएको थियो ।