६ जेठ, २०८१ आइतबार

01:47:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

३१ भदौ, २०७९

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कुमारी बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (भदौ ३१ गते शुक्रबार) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १७ गतेदेखि वार्षिक ११ प्रतिशत ब्याजदर पाइने ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो। बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्काशनमा ल्याएको हो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ।

सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम मध्यम भएको संस्था जनाउछ।