८ मंसिर, २०८१ शनिबार
04:56:28 PM
३१ भदौ, २०७९
काठमाडौं । ग्लोबल आईएमई बैंकको एससीटी डेबिट कार्ड प्रयोगकर्ताले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् ।
बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससीटी ) सँगको सहकार्यमा दशैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित ‘एससीटी तथा यूपीआई’ कार्डको ‘दमदार दशैं धमाका थ्री–डी’ अफर अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ ।
यो योजना अनुसार कुनै पनि प्वाइन्ट अफ सेल ( पीओएस) टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात (अधिकतम १ हजार रुपैयाँ) सम्म क्यासब्याक पाउने बैंकले जनाएको छ ।
यस योजना पश्चात एससीटी कार्ड होल्डर ग्राहकहरूलाई एससीटी कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ ।
१ असोजदेखि दशैंभर चल्ने यो योजनामा कम्तीमा ३ वटा पस (पीओएस) कारोबार गर्ने कार्ड होल्डरलाई ५०० रुपैयाँ तथा कम्तीमा ६ वटा पस (पीओएस) कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई १ हजार क्यासब्याक प्रदान गरिने छ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा ५०० रुपैयाँको हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ ।