१२ मंसिर, २०८१ बुधबार
11:33:11 AM
३१ भदौ, २०७९
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असोज १ गते, शनिबार) बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याज दिनेछ । मुद्दति निक्षेपको ब्याज न्यूनतम ११ प्रतिशत देखि अधिकतम १३ प्रतिशतसम्म तोकिएको बैंकले जनाएको छ । बैंकले रेमिट्यान्स बचत खातामा ९ प्रतिशत ब्याज दिने छ ।