१२ मंसिर, २०८१ बुधबार
11:21:13 AM
३१ भदौ, २०७९
काठमाण्डौ । दुईवटा सहकारी विरुद्ध ठगीको आरोप लागेको छ । डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था र आरक्ष बचत तथा ऋण सहकारीलाई बचतकर्ताहरुले ठगीको आरोप लगाएका हुन् ।
सहकारीको अनुगमन तथा नियमन गर्ने निकाय सहकारी विभागमा बचतकर्ताहरुले सो दुई सहकारीले आफ्नो पैसा ठगेको भन्दै उजुरी हालेका हुन् । आफूले बचत गरेको करोडौं रुपैयाँ सहकारीले ठगेको भन्दै रकम फिर्ता दिलाईदिन विभागसँग बचतकर्ताहरुले गुहार गरेका छन् ।
विभाग अनुसार यी दुई सहकारीले २ करोड ४९ लाख ५४ हजार ९४५ रुपैयाँ ठगी गरेको आरोप छ । जसमा डेभलपमेन्ट सहकारीले १ करोड ४५ लाख रुपैयाँ ठगी गरेको बचतकर्ताको आरोप छ । त्यस्तै, आरक्ष सहकारीले १ करोड ४ लाख ५४ हजार ९४५ रुपैयाँ ठगी गरेको आरोप छ ।
डेभलपमेन्ट सहकारीको उक्त रकम एक जना बचतकर्ताको मात्रै रहेको छ । उता आरक्ष सहकारीको भने उक्त रकम ५६३ जना बचतकर्ताको रहेको विभागले जनाएको छ ।