१२ मंसिर, २०८१ बुधबार

11:28:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल बैंकले बढाएर सार्वजनिक गर्यो नयाँ ब्याजदर, बचत खातामा १०.१३ प्रतिशत ब्याज

३१ भदौ, २०७९

नेपाल बैंकले बढाएर सार्वजनिक गर्यो नयाँ ब्याजदर, बचत खातामा १०.१३ प्रतिशत ब्याज

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि (असोज १ गते, शनिबार) देखि लागु हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ ।  मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको बैंकले जनाएको छ ।  बैंकले रेमिटान्स मुद्धती निक्षेपमा १३.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।