१२ मंसिर, २०८१ बुधबार
11:19:19 AM
३१ भदौ, २०७९
काठमाण्डौं । हिमालयन बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकका अनुसार नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा १०.०३ देखि १२.१३ प्रतिशतसम्म ब्याज पाइने छ । त्यसका लागि भने विभिन्न शर्तहरु रहेका छन् ।
संस्थागत तर्फ भने १०.६३ प्रतिशत रहेको छ । बचत तर्फ ७.३ देखि ९.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बचतमा जिरो ब्यालेन्सदेखि निश्चित रहम राखेर खाता खोल्न सकिने बैंकले जनाएको छ । हाल बैैंकको आधारदर ९.८८ प्रतिशत रहेको छ ।