२१ बैशाख, २०८१ शुक्रबार

02:27:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

३१ भदौ, २०७९

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । 

महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलामा ९२ हजार पाँच सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले घटेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य एक हजार एक सय ८० रुपैयाँ थियो ।