१२ मंसिर, २०८१ बुधबार

11:24:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ?

३१ भदौ, २०७९

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदरसार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असोज १ गते, शनिबार) देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ । मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको बैंकले जनाएको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.१३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १३.१३ प्रतिशत व्याज दिने छ । नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ७.८६ प्रतिशत रहेको छ ।