१२ मंसिर, २०८१ बुधबार

11:18:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सर्वश्रेष्ठ बचत खाता योजनाका २ जना ग्राहकलाई एनआईसी एशिया बैंकद्वारा २० लाख बीमा रकम भुक्तानी

Nepal Business

३१ भदौ, २०७९

सर्वश्रेष्ठ बचत खाता योजनाका २ जना ग्राहकलाई एनआईसी एशिया बैंकद्वारा २० लाख बीमा रकम भुक्तानी

काठमाण्डौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोल्नु भएका २ जना ग्राहकहरुलाई खातामा उपलब्ध घातक रोग बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

यस बैंकको नेपालगन्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोल्नुभएको सुजन शाह र तिनचुली शाखामा सोही खाता खाखेको स्व.महेश कपालीको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो । 

बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १,७३३ जना भन्दा बढी ग्राहकहरुले घातक रोग बीमा वापत २ करोड ६० लाख रुपैयाँ, दुर्घटना बीमा वापत  ७० लाख रुपैयाँ र मेडिकल बीमा वापत ३ करोड ३१ लाख रुपैयाँ गरी कुल ६ करोड ६१ लाख रुपैयाँभन्दा बढी बीमा रकम प्राप्त गरिसक्नुभएको छ ।

देशको दुरदराजमा रहेका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यस बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाख रुपैयाँसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ । यस योजनामा सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म ८४ लाख रुपैयाँसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू छन् ।