१२ मंसिर, २०८१ बुधबार
11:23:05 AM
३१ भदौ, २०७९
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी विनिमयदर (डलर) तोकेको छ । राष्ट्र बैंकका अनुसार आज सार्वजनिक गरेको विदेशी मुद्राको नेपाली भाउ अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ २२ पैसा र बिक्री दर १२७ रुपैयाँ ८२ पैसा रहेको छ भने युरो एकको खरिद दर १२६ रुपैयाँ ८८ पैसा र बिक्री दर १२७ रुपैयाँ ४७ पैसा रहेको छ ।
यस्तै पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६ रुपैयाँ २१ पैसा र बिक्री दर १४६ रुपैयाँ ९० पैसा, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५६ पैसा र बिक्री दर ८५ रुपैयाँ ९६ पैसा र क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ९४ पैसा रहेको छ ।