१२ मंसिर, २०८१ बुधबार

11:34:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था ? (पूर्णपाठसहित)

Nepal Business

३१ भदौ, २०७९

कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था ? (पूर्णपाठसहित)

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे को तथ्यांक सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ को तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । 

यस्तै, आयात १२.९ प्रतिशतले, निर्यात २८.७ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह (रेमट्यान्स) नेपाली रुपैयाँमा २०.३ प्रतिशतले बढेको र अमेरिकी डलरमा १२.५ प्रतिशतले बढेको छ । 

यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.० प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.०५ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ११.८ प्रतिशत रहेको छ ।

यसैगरी शोधनान्तर स्थिति रु.२२ अर्ब ६३ करोडलेघाटामा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ४२ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु.२२ अर्ब २६ करोड र राजस्व परिचालन रु.७९ अर्ब ७२ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय १.९ प्रतिशतले घटेकोछ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ ।