८ बैशाख, २०८१ शनिबार

06:10:17 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल विश्वविद्यालय स्थापनाका लागि मध्यविन्दु नगरपालिकाको सहमति

Nepal Business

३० भदौ, २०७९

गरप्रमुख अधिकारीले मध्यविन्दु नगरपालिका क्षेत्रमा विश्वविद्यालय स्थापना हुनु गर्वको विषय हुने भन्दै त्यसका लागि सबै सरोकारवाला पक्षको साझा बुझाइ र पहल आवश्यक रहेको बताउनुभयो ।

नेपाल विश्वविद्यालय स्थापनाका लागि मध्यविन्दु नगरपालिकाको सहमति

नवलपुर,

नेपाल विश्वविद्यालय स्थापनाका लागि मध्यविन्दु नगरपालिकाले आवश्यक सहमतिपत्र विहिबार हस्तान्तरण गरेको छ । 

नेपाल विश्वविद्यालय स्थापनासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले विश्वविद्यालय पूर्वाधार विकास निर्माण तयारी समितिका संयोजक डा अर्जुन कार्कीलाई जग्गा व्यवस्थापनको विषयमा वडा र नगर कार्यपालिकाबाट भएको निर्णयको पत्र हस्तान्तरण गर्नुभएको हो । 

विश्वविद्यालय स्थापनाका सम्बन्धमा नगरपालिकाभित्रका विभिन्न सरोकारवालाको सहभागितामा अन्तक्र्रिया भएको थियो । सो अवसरमा नगरप्रमुख अधिकारीले मध्यविन्दु नगरपालिका क्षेत्रमा विश्वविद्यालय स्थापना हुनु गर्वको विषय हुने भन्दै त्यसका लागि सबै सरोकारवाला पक्षको साझा बुझाइ र पहल आवश्यक रहेको बताउनुभयो । 

उहाँले विश्व इतिहासमा विश्वविद्यालयको इतिहास लामो भए पनि नेपालमा करिब सात दशक मात्रै लामो विश्वविद्यालय इतिहास रहेको उल्लेख गर्दै अब बन्ने नेपाल विश्वविद्यालय हरेक दृष्टिले उत्कृष्ट हुनुपर्ने बताउनुभयो । 

उहाँले विश्वविद्यालय स्थापनाका लागि नगरपालिका र हुप्सेकोट गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित जग्गालाई व्यवस्थापन गर्ने गरी दुवै पालिका र सो क्षेत्रका स्थानीयवासीको सहमति प्राप्त भएको जानकारी दिनुभयो ।