८ मंसिर, २०८१ शनिबार
11:15:16 AM
७ माघ, २०७८
काठमाण्डौ ।
नेपाल विजनेश संवाददाता
नविल बैंकले युवालाई उद्यमी बनाउने अभियान थालेको छ । बैंकले सामाजिक उद्यमशिलता कार्यक्रम अर्थात् नविल स्कुल अफ सोसल अटरपिनरसिप ९नविल एसएसई० मार्फत यसरी युवालाई उद्यमी बनाउने कार्यक्रम सुरु गरेको हो । बैंकका जनरल म्यानेजर मनोज ज्ञवालीका अनुसार उक्त कार्यक्रमका लागि आवेदन लिने काम सकिएको छ । उहाँले यस कार्यक्रममा सहभागि हुने सबैले तालिम सकेर जागिर गर्नेभन्दा सिकेको सीपलाई व्यवसायमा नै लगाउने योजना रहेको बताउनुभयो ।
१८ देखि ५० वर्ष उमेर भएका त्रिभुवन विश्वविद्यलयमा कुनै पनि समयमा पढी शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, उर्जा, जलश्रोत तथा सरसफाइसँग सम्बन्धित कुनै पनि व्यवसाय गर्ने सोच र क्षमता भएका ब्यक्ति हुनुपर्ने
यस कार्यक्रमअन्तर्गत बैंकले सामाजिक उद्यमशिलता प्रमाणपत्र र फेलोसिप दिने योजना अघि सारेको छ । सुरुवाती चरणमा बैंकले सातै प्रदेशका स्कुल, क्याम्पस तथा विश्वविद्यालयसँग सम्झौता गरिसकेको छ।
यस कार्यक्रममा सहभागि हुन १८ देखि ५० वर्ष उमेर भएका त्रिभुवन विश्वविद्यलयमा कुनै पनि समयमा पढी शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, उर्जा, जलश्रोत तथा सरसफाइसँग सम्बन्धित कुनै पनि व्यवसाय गर्ने सोच र क्षमता भएका ब्यक्ति हुनुपर्ने बैंकले जनाएको छ । यसमा एक वर्षसम्मको आवश्यक सहयोगसहित ४० जना संलग्न गराइ ६ महिने सिकाइ तालिम दिइने छ ।
बैंकले यस कार्यक्रमका लागि प्रदेश १ मा महेन्द्र मोरङ आर्दश मल्टिपल क्याम्पस, प्रदेश २ मा वीरगञ्ज पब्लिक कलेज, बागमती प्रदेशमा क्याम्पियन कलेज, गण्डकी प्रदेशमा फ्याकल्टी अफ ह्युमानिटिज एण्ड सोसल साइन्स पोखरा विश्वविद्यालय, कर्णाली प्रदेशमा सुर्खेत मोडल कलेज र सुदुरपश्चिममा सुदुर पश्चिमाञ्चल एकेडेमीसँग सम्झौता गरेको छ ।
बैंकले शैक्षिक संस्थाहरुसँग सहकार्य गरी वार्षिक ७ सय विद्यार्थीलाई सामाजिक उद्यमी बन्ने अवसर सिर्जना गर्ने
बैंकले यी शैक्षिक संस्थाहरुसँग सहकार्य गरी वार्षिक ७ सय विद्यार्थीलाई सामाजिक उद्यमी बन्ने अवसर सिर्जना गर्ने जानकारी दिएको हो । फेलोसिप कार्यक्रम तालिममा आधारित हुनेछ। यसका लागि बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ। छनोटमा परेका व्यक्तिलाई उद्यमशिलताको तालिम दिइने बैंकले जानकारी दिएको छ। तालिम लिने व्यक्तिका लागि तालिम अवधिभर बस्ने, खाने सुविधा उपलब्ध हुने छ। बैंकका अनुसार सहभागिले सामाजिक उद्यम संचालनको तरिकासँगै आधारभूत कानूनी तथा कर सम्बन्धीका ज्ञान पाउनेछन् भने सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवद्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय संचालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान तथा सीप पाउनेछन्।
लघु वित्त, संस्था व्यवस्थापन, परियोजना संचालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारिकरण जस्ता विषयलाई पनि तालिममा समावेश गरिएको छ।
कार्यक्रममा सहभागिलाई उद्यमशिलताको स्पष्ट सोच विकास गराइ नयाँ सामाजिक उद्यमको मोडेल विकास गरिने छ । त्यसपछि सहभागिले बैंकबाट ऋण लिएर उद्यम सुरु गर्न सक्ने छन् ।