८ मंसिर, २०८१ शनिबार
10:11:42 PM
३० भदौ, २०७९
काठमाडौं । वाणिज्य बैंकहरुबाट असोज २ देखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैँ नजिकीएसँगै वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको हो ।
राष्ट्र बैंकले एक सूूचना जारी गर्दै असोज २ गतेदेखि वाणिज्य बैंकहरुबाट नयाँ नोट साट्न पाइने जानकारी दिएको हो। बैंकहरुले असोज २ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तोकिएका शाखा कार्यालयहरुमार्फत नयाँ नोट सटहीको व्यवस्था गर्नुपर्नेछ। यसका साथै बैंकहरुले सर्वसाधारणलाई नयाँ नोट तथा सुकिलो नोट सटहीका लागि काठमाडौँ उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला) भित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरु तोकेर आफ्नो वेबसाइटमार्फत सूचना दिनुुपर्नेछ।
सूचनामा नयाँ तथा सुकिलो नोट सटही गर्न समयावधि र संख्यासमेत उल्लेख गर्नुुपर्नेछ। सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरको प्रतिव्यक्ति बढीमा एक–एक बन्डलका दरले जम्मा १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराउन सकिने सूचनामा उल्लेख छ ।