८ मंसिर, २०८१ शनिबार

09:58:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स २०.३ प्रतिशतले बढ्यो

Nepal Business

३० भदौ, २०७९

चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स २०.३ प्रतिशतले बढ्यो

काठमाण्डौं । चालु आर्थिक वर्ष २०७९र८० को पहिलो महिना साउनमा रेमिट्यान्स बढेको छ । गत आर्थिक वर्ष २०७८ र ७९ को साउन महिनाको तुलनामा  चालु आवको पहिलो महिनामा विदेशबाट नेपाल भित्रने रेमिट्यान्स २०.३ प्रतिशतले बढेको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार साउनमा कुल ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत आवको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो ।

यस्तौ चालु आवको साउन महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो ।