८ मंसिर, २०८१ शनिबार
06:56:16 PM
३० भदौ, २०७९
काठमाण्डौं । असोजमा बैंककको ब्याजदर बढ्ने भएको छ । बिहीबार नेपाल बैंकर्स संघको पूर्ण बैठक अनुसार यसअघि ब्याजदरमा गर्दै आएको भद्र सहमतिलाई निरन्तरता नदिएको हो ।
यो निर्णयसँगै अब बैंकहरु ब्याजदर बढाउन स्वतन्त्र भएका छन् । तर, राष्ट्र बैंकको निर्देशनअनुसार अघिल्लो महिनाको भन्दा १० प्रतिशतसम्मले मात्रै ब्याजदर बढान सकिने छ ।
ब्याजदर नबढाउन भद्र सहमति गर्दा पनि केही बैंकले सहमति तोडेपछि संघले असोज महिनाका लागि सहमति नगर्ने निर्णय गरेको हो ।
यस अनुसार अब व्यक्तिगत निक्षेपको ब्याजदर १२.१३ प्रतिशत पुगेको छ भने संस्थागत मुद्दति निक्षेपको ११.१३ र रेमिट्यान्स मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याजदर दिन पाउने छन् ।