८ मंसिर, २०८१ शनिबार
06:47:27 PM
३० भदौ, २०७९
काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले पुनः २० अर्बको रिपो जारी गर्ने भएको छ। राष्ट्र बैंकले आज (भदौ ३० गते बिहीबार) २० अर्बको रिपो जारी गर्न लागेको हो ।
बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य पुँजी) संकुचन भएपछि राष्ट्र बैंकले एक साताको बीचमा दुईपटक रिपोमार्फत बजारमा तरलता पठाउन लागेको हो । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन ७ दिने रिपो जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ ।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो असोज ६ गते परिपक्व हुने यो रिपो आव दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।
यसअघि २३ भदौमा १४ दिन अवधिको उक्त रिपोमार्फत केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ नै तरलता बजारमा पठाएको थियो । उक्त रिपोको अवधि अझै एक साता बाँकी रहेको छ । उक्त रिपोको अवधि नसकिदै राष्ट्र बैंकले थप २० अर्ब तरलता बैंकिङ प्रणालीमा पठाउन लागेको हो ।