८ मंसिर, २०८१ शनिबार
07:03:34 PM
३० भदौ, २०७९
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ५ गतेदेखि ५१ हजार ९ सय ९० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
उक्त सेयरको न्यूनतम मूल्य ३ सय ९५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरूले प्रतिकित्ता ३ सय ९५ रुपैयाँलाई आधार मानेर सो वा सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नु पर्नेछ ।
उक्त सेयरमा इच्छुक जोकोही योग्य व्यक्ति तथा संघसंस्थाले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले न्यूनतम ६ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौंको कमलादीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।
त्यसैगरी, लगानीकर्ताहरूले निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।