८ मंसिर, २०८१ शनिबार

07:17:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंकिङ प्रणालीमा निक्षेप बढ्ने क्रम जारी, एकै दिनमा थपियो ७ अर्ब

३० भदौ, २०७९

बैंकिङ प्रणालीमा निक्षेप बढ्ने क्रम जारी, एकै दिनमा थपियो ७ अर्ब

काठमाडौं ।  बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी नै रहेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरु भदौ २८ गते एकै दिन निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ।

भदौ २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरु कुल निक्षेप ५० खर्ब ५३ अर्ब रुपैयाँ रहेको थियो। भदौ २८ गते एकै दिन निक्षेप ७ अर्ब रुपैयाँले बढेर कुल निक्षेप ५० खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ। भदौ २७ गते पनि एकै दिन निक्षेप ६ अर्ब रुपैयाँले बढेको थियो।

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेको छ। भदौ २७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ५४ अर्ब रुपैयाँ रहेको थियो । भदौ २८ गते एकै दिन निक्षेप ७ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ।

भदौ २८ गते बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको छ । योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। भदौ २७ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब १७ अर्ब रुपैयाँ रहेको थियो।

वाणिज्य बैंकहरुको कर्जा लगानी भने भदौ २८ गते स्थिर देखिएको छ। भदौ २८ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ८२ अर्ब रुपैयाँ रहेको छ। यो अवधिमा निक्षेप थपिने क्रम जारी रहे पनि बैंकहरुको औसत सीडी रेसियो ८८.११ प्रतिशतबाट घटेर ८८.०१ प्रतिशतमा पुगेको छ ।