२१ बैशाख, २०८१ शुक्रबार

01:31:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य ३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

३० भदौ, २०७९

सुनको मूल्य ३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । 

महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार आठ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा  तीन सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार तीन सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य  भने बढेको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १ हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य तोलाको १ हजार एक सय ७५ रुपैयाँ थियो ।