८ मंसिर, २०८१ शनिबार

07:20:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्तो छ बिहीबार डलरको भाउ (दरसहित)

Nepal Business

३० भदौ, २०७९

यस्तो छ बिहीबार डलरको भाउ (दरसहित)

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ । बिहीबार राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८१ पैसा र बिक्री दर १२७ रुपैयाँ ४१ पैसा रहेको जनाएको छ । 

यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ०३ पैसा र बिक्री दर १२७ रुपैयाँ ६३ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६ रुपैयाँ ५४ पैसा र बिक्री दर १४७ रुपैयाँ २३ पैसा, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ९८ पैसा र बिक्री दर १३२ रुपैयाँ ६१ पैसा रहेको छ । 

त्यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४१ पैसा र बिक्री दर ८५ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७९ पैसा रहेको छ ।