८ मंसिर, २०८१ शनिबार
07:21:34 PM
२९ भदौ, २०७९
काठमाडौं । बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट डिजिटल सुविधाहरु सहित विभिन्न मानक निमार्ण गर्दै आएको माछापुच्छ्रे बैंंकले मोबाइल बैंकिङ एप र वेबसाइट बाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ ।
उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप वा वेबसाइटमार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ । अत्याधुनिक प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधा अन्र्तगत अमेरिका र युरोपमारहेका आफन्तलाई नेपालमै बसेर अनुरोध रिमेट मार्फत रेमिट्यान्स पठाउन आग्रह गर्न सकिने छ ।
जसअन्र्तगत नेपालमा रहेका व्यक्तिले आफुलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिंक पठाउन सक्नेछन् ।
उक्त लिंकमा गएर विदेशमा रहेका नेपालीले सजिल्यै र सहजरुपमा रेमिट्यान्स नेपाल पठाउन सक्नेछन् । यो सुविधा विदेशमा रहेका नागरिकहरुले क्रेडिट कार्ड, डेबिट कार्ड,बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरि पनि पठाउनसक्नेछन् ।
बिज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा अमेरिका,युरोप तथा नेपालमा बसेका ग्राहकले बिनाझन्झट एकै क्लिक गरि घरमै बसेर उक्त रेमिटान्स सुविधाको प्रयोग गर्न सक्नेछन् ।
यो सुविधाको प्रयोग रेमिटान्स पठाउने र पाउने दुवैले उपयोग गर्न सक्नेछन् । हाललाईअमेरिका तथा युरोपमा रहेका नागरिकहरुले मात्र यो सुविधा प्रयोग गर्न सक्नेछन् ।
बैंकले मोबाइल बैंकिङ एपलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्नेलक्ष्यका साथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप्दै ल्याईरहेको छ ।