२३ बैशाख, २०८१ आइतबार

08:00:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रेमन्डको सातौं शोरुम बुढानिलकण्ठमा

Nepal Business

२९ भदौ, २०७९

रेमन्डको सातौं शोरुम बुढानिलकण्ठमा

काठमाण्डौं । विश्वप्रसिद्ध सटिङ्ग सुटिङ्ग ब्राण्ड रेमन्डले नेपालमा आफ्नो सातौं शोरुम सञ्चालनमा आएको छ । सो शोरुम गोल्फुटार ६, बुढानिलकण्ठमा सञ्चालनमा ल्याएको हो । 

पुर्व राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्काले उक्त शोरुमको उद्घाटन गर्नुभएको हो । नयाँ शोरुममा टेलरिङ्ग सेवा बाहेक रेमण्ड ब्राण्डका कोट, सर्ट, टाइ, पाईन्ट तथा अन्य रेडिमेड सामाग्रीहरु उपलब्ध रहेको सोरुमले जानकारी दिएको छ । रेमण्ड ब्राण्डका कपडाहरुमा खुम्चीने समस्या नआउनुका साथै चर्को घामको किरणले समेत कुनै असर नपार्ने रहेको जनाइएको छ । 

सटिङ्ग सुटिङ्गका साथै रेमण्ड ब्राण्डमा प्रयोग हुने सामाग्री अष्ट्रेलियाबाट ल्याइने रेमण्डका अध्यक्ष संजय अधिकारीले बताउनुभयो । उहाँले आफ्नो ब्राण्डका पहिरनमा गुणस्तरको ग्यारेन्टी हुनुका साथै यसको निश्चित मूल्य भएकाले उपभोक्ताहरुलाई ठगिने आशंकाबाट ढुक्क भइ रेमण्ड ब्राण्ड खरिद गर्न सक्ने बताए ।

नेपालको पुतली सडकमा रेमन्ड ब्राण्डको आधिकारीक शोरुम पहिलो पटक सन १९९९ मा संचालनमा आएको थियो । गोल्फुटारमा नयाँ खोलिएकोे आउटलेटसहित रेमन्डका ब्राण्डहरु देशका विभिन्न ६ स्थान दवारमार्ग, न्यूरोड, त्रिपुरेश्वर, जावलाखेल र नारायणघाटमा रहेका छन् ।