८ मंसिर, २०८१ शनिबार
09:55:17 PM
२९ भदौ, २०७९
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । लघुवित्तका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले लघुवित्तले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
कम्पनीले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेको थियो । तर संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले असोज १२ गतेभित्र आवश्यक कागजपत्र संकलन गरि प्रभु क्यापिटलको केन्द्रिय कार्यलय कमलादी काठमाडौंमा निवेदन दिन सक्नेछन् ।