८ मंसिर, २०८१ शनिबार

09:32:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइएमई पे र क्रिस्टल डाइग्नोस्टिकबीच छुट सम्बन्धी सम्झौता

Nepal Business

२९ भदौ, २०७९

आइएमई पे र  क्रिस्टल डाइग्नोस्टिकबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौं । आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता भएको छ । सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट प्राप्त गर्नेछन् ।

यस सम्झौता अनुसार आइएमई पेको प्रयोगकर्ताहरुले क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट पाउनेछन् । 

यस सम्झौता मार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्नेछन् । यो अफर ३ महिना लागु हुने कम्पनीले जनाएको छ ।