८ मंसिर, २०८१ शनिबार

09:38:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उपत्यकाभित्र आजदेखि नयाँ नोट साट्न पाइने, उपत्यकाबाहिर कहिलेदेखि ?

२९ भदौ, २०७९

उपत्यकाभित्र आजदेखि नयाँ नोट साट्न पाइने, उपत्यकाबाहिर कहिलेदेखि ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट आज (भदौ २९ गते बुधबार) देखि उपत्यकाभित्रका सर्वसाधारणले दसैँका लागि नयाँ नोट साट्न पाउने छन्।

नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि सर्वसाधारणले दसैँका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ नोट साट्न पाउनेछन्। उपत्यकाबाहिरका सर्वसाधारणले भने असोज २ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

हिजो मंगलबारसम्म २५ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई २ अर्ब रुपैयाँ बढी नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ। सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट नयाँ नोट साट्न सक्नेछन्। राष्ट्र बैंकका अनुसार बैंकहरुलाई बढीमा असोज ७ गतेसम्म नयाँ नोट दिइने र सर्वसाधारणले असोज १४ गतेसम्म नयाँ नोट सटही गर्न सक्ने छन् ।

एक जनाले ५ देखि १ सय दरका एक एक बन्डल गरी १८ हजार ५ सय सम्म साट्न पाउँनेछन् ।  यस पटकको दशैमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्ष राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ नयाँ नोट वितरण गरिएको थियो ।