८ मंसिर, २०८१ शनिबार
10:09:22 PM
२८ भदौ, २०७९
काठमाडौं । एक दिनमै बैंकहरूको निक्षेप संकलन ६ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ २६ गते, आइतबारसम्म बैंकहरूको निक्षेप ५० खर्ब ४७ अर्ब रूपैयाँ रहेको थियो । भदौ २७ गते सोमबारसम्म एकै दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६ अर्बले बढेले कुल ५० खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।
यो अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ६ अर्बले नै बढेर ४४ खर्ब ५४ अर्ब पुगेको छ । भदौ २६ गतेसम्म वाणिज्य बैंकहरूको निक्षेप ४४ खर्ब ४८ अर्ब रहेको थियो ।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह पनि १ अर्बले बढेर ४७ खर्ब १७ अर्ब रूपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी २ अर्बले बढेर ४१ खर्ब ८२ अर्ब रूपैयाँ पुगेको छ ।
यो अवधिमा बैंकहरूको सीडी रेसियो ८८.१३ प्रतिशतबाट घटेर ८८.११ प्रतिशतमा आइपुगेको छ ।