८ मंसिर, २०८१ शनिबार

09:42:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न राष्ट्रिय वाणिज्य बैंकले धितोपत्र बोर्डमा दियो निवेदन

२८ भदौ, २०७९

२५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न राष्ट्रिय वाणिज्य बैंकले धितोपत्र बोर्डमा दियो निवेदन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ७ वर्ष अवधि भएको१०.५ प्रतिशत व्याज भएकाे "७ वर्ष, १०.५% आरबीबीएल डिबेञ्चर २०८६" नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले उक्त ऋणपत्र निष्कासन गर्न  नेपाल धितोपत्र बोर्ड (सेबोनं मा निवेदन पेश गरेको छ ।

बैंकले २ अर्ब ५० करोड रूपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो । बैंकले निष्काशन गर्ने कुल ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १५ लाख कित्ता बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।