५ जेठ, २०८१ शनिबार

07:10:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको ३ वर्षको वार्षिक साधारण सभा सम्पन्न

Nepal Business

६ माघ, २०७८

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको ३ वर्षको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं
पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले चौथो, पाँचौँ तथा छैठौँ गरी तीन वर्षको वार्षिक साधारणसभा एकैपटक सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको सभापतित्वमा गत बुधबार कोपुण्डोल, ललितपुरमा साधारणसभा सम्पन्न भएको हो । सभाबाट चार वर्ष अवधिको लागि प्रतिनिधित्व गर्न चार जना (एक जना महिला समेत) कम्पनीको सञ्चालक सदस्यहरुमा संस्थापक सेयरधनी समूह ‘क’को तर्फबाट प्रेम बहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुव कुमार श्रेष्ठ र उदिप श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको थियो ।

यसैगरी सभाले कम्पनीको आर्थिक वर्ष २०७५÷०७६ र आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षण एनएआरएस एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट नवराज लामिछानेले र आव २०७७र०७८ को डि। कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट दिपेन्द्र कुमारले तयार पारेको लेखापरीक्षकको प्रतिवेदनहरुलाई सर्वसम्मतिबाट स्वीकृत गरेको थियो । साथै कम्पनीको आर्थिक वर्ष २०७८÷०७९ को लेखापरीक्षण गर्न डि। कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउण्टेन्ट दिपेन्द्र कुमारलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय समेत गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका सञ्चालक ध्रुव कुमार श्रेष्ठले आयोजना सम्पन्न गर्न कम्पनीले भोग्नुपरेको समस्या, कम्पनीको आर्थिक स्थितिबारे सभामा जानकारी गराउनु भएको थियो । कम्पनीको यस आर्थिक वर्षहरुमा खर्च घटेको र आम्दानी सकारात्मकतिर गएको हुँदा नाफाको सुनिश्चितता गरी सेयरधनीहरुलाई लाभांश वितरण गर्न समेत सभामा आग्रह गरिएको थियो ।