२३ बैशाख, २०८१ आइतबार

08:10:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Nepal Business

२८ भदौ, २०७९

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाण्डौं । सुनको मूल्यमा मंगलबार सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । 

छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलामा ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार छ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार एक सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य तोलाको ११ सय ५० रुपैयाँ थियो ।