२३ बैशाख, २०८१ आइतबार

02:11:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रियलमीको स्मार्ट फोन 9i 5G नेपाली बजारमा, मूल्य कति ?

Nepal Business

२८ भदौ, २०७९

रियलमीको स्मार्ट फोन 9i 5G नेपाली बजारमा, मूल्य कति ?

काठमाण्डौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सबैभन्दा सुपथ मुल्यको ५जी स्मार्टफोन रियलमी ९आई ५ जी सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा २.५जीएचजेट्को गतिमा सञ्चालन हुने अक्टा–कोर सीपीयू रहेको छ । यसमा ५जी नेटवर्कको ५जी डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ ।

सार्वजनिक बारे बोल्दै रियलमी नेपालका कन्ट्री हेड  मुनिष गिरीले भन्नुभयो, ‘हामीले जहिले पनि प्रविधि र नयाँँ आविष्कारलाई सँग–सँगै राखी अगाडि बढिरहेका छौँ । हाम्रो मुख्य उद्धेश्य भनेको ५जीलाई धेरैभन्दा धेरै उपभोक्तामा पु¥याउनु हो र यसै सिलसिलामा हामीले ९आक्षर््५जी नेपाली बजारमा ल्याएका छौँ । हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले यो फोनमा भएको उत्कृष्ट फिचरस र डिजाईनकोे राम्रो अनुभव लिनुहुनेछ । अहिलेको नेपाली बजार हिस्सालाई कायम राख्दै नेपाली बजारमा १ करोड रियलमी स्मार्ट फोन उपलव्ध गराउने हामीले लक्ष्य लिएका छौँ ।’

उहाँले थप्नुहुन्छ, ‘५००० एमएएचको शक्तिशाली ब्याट्रि भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ । साथै यो सेगमेन्टकै सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा एचडी प्राइमरी क्यामरा सहितको ५० एमपिको एआई ट्रिपल क्यामरा रहेको छ । यसको साथै यसमा भएको डाइनामिक ¥याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबीसम्म भर्चुअल ¥याम थप्न मिल्छ । साथै यसको कपासिटिभ रिकग्निसन सिस्टम युक्त फास्ट साइड स्क्यानरले मात्र एक प्रेसमाफोन तुरुन्तै अनलक गर्छ।’

रियलमी ९आई५जी आज मंगलबारबाट दराज लगायत नेपालभरि रहेका रियलमीका १००० भन्दाबढी स्टोरहरुमा उपलब्ध हुनेछ । यसको मूल्य २९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।