८ मंसिर, २०८१ शनिबार
09:53:15 PM
२८ भदौ, २०७९
काठमाण्डौं । बैंकमा काम गर्न अवसर खोजिरहेका लागि राष्ट्रिय वाणिज्य बैंकमा जागिरको खुलेको छ । योग्य व्यक्तिहरुका लागि एक वर्षे करार सेवाका लागि बैंकले दरखास्त आह्वान गरेको हो ।
बैंकको कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थानुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गर्दै बैंकले आज मंगलबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको छ ।
बैंकले ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागेको हो । आवेदन बैंकको वेभसाइटमा गएर भर्न सकिनेछ ।