१४ बैशाख, २०८१ शुक्रबार

11:55:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यसकारण बन्द भयो सात दशक पुरानो ऐतिहासिक पुस्तकालय

Nepal Business

२७ भदौ, २०७९

राणा विरोधी आन्दोलनमा ज्यान गुमाएका वीर अमर शहीदको सम्झनामा विसं २०१० मा भोजपुर सदरमुकाममा नै श्री अमर शहीद पुस्तकालय नामको अर्को पुस्तकालयसमेत स्थापना भएको पाइन्छ ।

यसकारण बन्द भयो सात दशक पुरानो ऐतिहासिक पुस्तकालय

भोजपुर 

प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर सदरमुकाममा स्थापना भएको ऐतिहासिक श्रीराम अमर शहीद पुस्तकालय अहिले बन्द भएको छ । 

विसं २०७२ को भूकम्पभन्दा अघिसम्म सञ्चालनमा रहेको पुस्तकालयको भवन जीर्ण भएपछि पूर्णरुपमा बन्द भएको हो ।

विसं २०७२ को भूकम्पभन्दा अघिसम्म सञ्चालनमा रहेको पुस्तकालयको भवन जीर्ण भएपछि पूर्णरुपमा बन्द भएको हो ।

राणा शासनकालमा स्थानीय जागरुक युवा नारदमुनि थुलुङ, विचारी चन्द्रप्रसाद, इन्द्रप्रसाद श्रेष्ठ, जगदीश सापकोटालगायतका युवाद्वारा पुस्तक सङ्कलन गरी मर्यादा पुरुषोत्तम भगवान् रामको नामबाट सञ्चालन गरिएको श्रीराम पुस्तकालयलाई शासकको नीतिनियममा सञ्चालित हुनेगरी तत्कालीन मेजर जरनल मृगेन्द्र शम्शेर जङ्गबहादुर राणाबाट बिस २००५ सालमा अनुमति प्राप्त भएसँगै श्रीराम पुस्तकालय सञ्चालनमा आएको हो ।

राणा विरोधी आन्दोलनमा ज्यान गुमाएका वीर अमर शहीदको सम्झनामा विसं २०१० मा भोजपुर सदरमुकाममा नै श्री अमर शहीद पुस्तकालय नामको अर्को पुस्तकालयसमेत स्थापना भएको पाइन्छ ।

पछि आएको पुस्तकालयलाई तत्कालीन वडा हाकिमले २०१२ साल माघ २२ गते धार्मिक तरिकाबाट पुस्तकालय सञ्चालन गर्न अनुमति दिएको पुस्तकालयका ज्ञाता स्थानीयवासी शेरबहादुर मोक्तान बताउनुहुन्छ । 

पुस्तकको अभाव, आर्थिक समस्या, स्थान अभाव जस्ता कारणले गर्दा दुवै पुस्तकालयलाई अगाडि बढाउन र सञ्चालन गर्न नसकिएपछि विसं २०२३ माघ १६ गते श्रीराम पुस्तकालय र श्री अमर शहीद पुस्तकालयलाई एकीकरणगरी श्रीराम अमर शहीद पुस्तकालय भोजपुरका नामबाट सञ्चालनमा ल्याइएको पुस्तकालयका संरक्षकसमेत रहनुभएका मोक्तानले जानकारी दिनुभयो ।